आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • किशोर श्रेष्ठ दीपक बोहराको चुनौती, किन चोरेर झुक्याएर रेकर्ड गरिएको अडियो कलको शाहारा लिनु ? आउनुहोस आमने सामने अन्तर्वार्ता गरौँ
विविध

किशोर श्रेष्ठ दीपक बोहराको चुनौती, किन चोरेर झुक्याएर रेकर्ड गरिएको अडियो कलको शाहारा लिनु ? आउनुहोस आमने सामने अन्तर्वार्ता गरौँ

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठ र टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का निर्माता दीपक बोहराबीच भएको पुरानो टेलिफोन वार्ताको अडियो बाहिर आएको छ । किशोर श्रेष्ठले करिब ६ महिना पुरानो ब्यक्तीगत कुराकानीको अडियो युट्युबमार्फत सार्वजनिक गरेपछि किशोर श्रेष्ठ र बोहराबीच टकराब सुरु भएको हो ।

उनीहरुबीच भएको टेलिफोन वार्ताको अडियो युट्युबमार्फत सार्वजनिक भएपछि न्यूज २४ टेलिभिजनका दीपकले श्रेष्ठलाई लुकेर होइन आमने सामने भएर अन्तर्वार्ता गर्न चुनौती दिएका हुन् । व्यक्तिगत कुराकानीलाई श्रेष्ठले सार्वजनिक गरेको भन्दै दीपकले आक्रोश पोख्दै सामाजिक संजाल मार्फत स्टाटस लेख्दै आक्रोश पोखेका हुन् ।क्तिगत कुराकानीलाई श्रेष्ठले सार्वजनिक गरेको भन्दै दीपकले आक्रोश पोखेका छन् । दिपकले ब्यक्तीगत कुराकानीको अडियो सर्बजनिक गर्नु भन्दा आफुसँग आधिकारिक अन्तर्वार्ता सहभागी हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत दीपकले किशोरलाई दिएको चुनौती जस्ताको तस्तै :

किशोर श्रेष्ठ दाईले करिब ६ महिना पुरानो ब्यक्तीगत कुराकानीको अडियो सर्बजनिक गर्नु भएछ। अनुसन्धान मा रहेको भिडियो त हात पार्न सक्ने पावरफुल किशोर श्रेष्ठलाई मेरो नितान्त पर्सनल कलको रेकर्ड सार्वजनिक गर्दा के कानुन लाग्थ्यो ररुउहाले चाहने हो भने त उल्टो मै जेल जान सक्छु। किशोर दाई, मैले विवाद अन्त्य गर्न सकिन्छ कि भनी आशय बुझ्न कुराकानी गर्दै किन पर्सनल जिन्दगीमा प्रहार गर्नु हुन्छ भनेर सदासयता राखी गरिएको कुराकानी हो त्यो।

जहाँ मैले धेरै तपाईंको सुनेको रहेछु,थोरै आफ्नो भनेको रहेछु । जिस्केर जागिर नै दिनुस न समेत भनेको रहेछु । प्रेस काउन्सिलको का।बा।अध्यक्ष जस्तो पदमा आशिन मान्छेलाई यस्तो पर्सनल कल समेत हतियार बन्दो रहेछ। त्यो कुराकानी तपाईंको अन्तरवार्ता वा अफिसियल वार्ता थिएन जुन तपाईंले सार्वजनिक गर्नु भयो।सार्वजनिक नै गर्ने भए आउनुस,म सङ अन्तर्वार्तामा सहभागी हुनुहोस्। आधिकारिक अन्तर्वार्ता गरौ। किन चोरेर झुक्याएर रेकर्ड गरिएको अडियो कलको शाहारा लिनु हुन्छ।अनुसन्धानको भिडियो हत्याउने, प्राईभेट कल सार्वजनिक गर्ने जस्तो नै तपाईंको परिचय हो भने भन्नू केही छैन। होईन भने लुकेर होइन खुलेर आमने सामने अन्तर्वार्ता गरौ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै