सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • अमेरिकाको मिसौरीमा नेपाली चढेको टोयटा दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु
राष्ट्र

अमेरिकाको मिसौरीमा नेपाली चढेको टोयटा दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मिसौरीमा नेपाली चढेको टोयटा दुर्घटना, जनाको निधन भएको छ भने २ जान गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकै परिवारका ३ जना नेपाली रहेको बताइएको छ ।सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा सिल्भर कलरको उक्त टोयटा दुर्घटना हुँदा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा ओझा खनाल, शान्ता खनाल, गोविन्द खनालको मृत्यु भएको हो । श्रद्धा खनालका बुबा(आमा अमेरिका घुम्न नेपालबाट गएका थिए ।

कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै