आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • प्रहरी हुँ भन्दै पैसा माग्ने दुई लिम्बू परे यसरि प्रहरीको फन्दामा
समाज

प्रहरी हुँ भन्दै पैसा माग्ने दुई लिम्बू परे यसरि प्रहरीको फन्दामा

काठमाडौँ । प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई रु दुई लाख रकम माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ ।उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै