बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • यति धेरै करोडका मालिक हुन् साउथ इन्डियन सुपर स्टार रजनीकान्त
समाचार

यति धेरै करोडका मालिक हुन् साउथ इन्डियन सुपर स्टार रजनीकान्त

काठमाडौँ । साउथ इन्डियन अभिनेतालाई एक्सन स्टारका रूपमा चिनिने गरिन्छ । साउथका फिल्ममा एक्सनलाई बढी प्राथमिकता दिइने भएकाले एक्सन हिरोको पारिश्रमिक र कमाइ पनि निकै उच्च छ । फिल्म खेलेरै हजारौँ करोडका मालिक भएका स्टार थुप्रै छन् । भारतीय अनलाइनले एउटा रिपोर्ट प्रकाशित गरेको छ, जहाँ चर्चित अभिनेताहरूको सम्पत्तिबारे जानकारी छ

रजनीकान्त– तामिल फिल्मका सुपरस्टार रजनीकान्तको कुल सम्पत्ति ३३४ करोड रहेको छ । उनले तामिलबाहेक तेलेगु, मलायम, कन्नड र हिन्दी फिल्ममा अभिनय गरेका छन् । फिल्मका साथै रियल स्टेट, सेयर, प्रोडक्सन स्टुडियो उनको आम्दानीका स्रोत हुन् । विगत ४० वर्षदेखि फिल्म अभिनयमा निरन्तर रहेका रजनीले अन्धा कानुन, बिरासत, पाँच, बुलन्दी, खुनका कर्ज,इन्सानियतका देवता, गैरकानुनीलगायतका थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार