शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई गीत गाए बापत दिइने भइयो यति धेरै रकम
समाचार

रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई गीत गाए बापत दिइने भइयो यति धेरै रकम

काठमाडौँ । पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई फिल्ममा गीत गाउने अवसर मिलेको छ । भारतिय मिडियाका अनुसार रानूलाई गीत गाएवापत ६ देखि ७ लाख भारतीय रुपियाँ अफर गरिएको छ । सुरुमा पैसा नदिने बताइएको थियो तर अहिले हिमेश उनलाई पैसा दिने निर्णयमा पुगेका छन् । रानूका थुप्रै भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

यसैबीच, हिमेश रेशमियाले उनलाई बलिउडकै राम्रो गायिका बन्न कसैले रोक्न नसक्ने बताएका छन् । जम्याटोको डेलिभरी ब्वाइले खिचेको भिडियोको कारण चर्चित बनेकी रानूको जीवन उक्त भिडियोले बदलिदिएको हो । जादुमयी स्वरल सबैलाई मन्त्रमुग्ध पार्ने रानु अहिले सबैको नजरमा पर्न सफल भएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार