सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • आज फेरी घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा
समाचार

आज फेरी घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य झन् घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज ४ सय रुपैयाँ घटेको हो । शुक्रबार १ हजार रुपैयाँले घटेको थियो । आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै