शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • वितरणमुखी योजना कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाही
समाचार

वितरणमुखी योजना कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाही

बुलबुले, १५ भदौ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताउनुभएको छ । उमेर हदका कारण सेवा निवृत्त हुनुभएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा उहाँले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताउनुभएको हो ।

कर्णालीको विकास र समृद्धिको लागि वृहत गुरुयोजनाको आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताका आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका उहाँले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट गर्नुभयो ।

खुद्रा व्यापार गरेजस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उहाँले कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्रगतिमा विकासको कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै