शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • दाङमा दुई जनामा डेङ्गु फेला
समाचार

दाङमा दुई जनामा डेङ्गु फेला

तुलसीपुर, १५ भदौ: दाङमा पनि दुई जनामा डेङ्गु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौको पहिलो साता दुई जनामा डेङ्गु देखिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ मा एक महिला र वडा नं १९ मा एक पुरुषमा डेङ्गुको सङ्क्रमण फेला परेको डेङ्गुरोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

अत्यधिक ज्वरो र टाउको दुखाई भएपछि उपचारका लागि राप्तीलाइफ केयर अस्पतालमा आएका ती दुईमा डेङ्गुको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । दुवैको अहिले उपचार भइरहेको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोग गतबर्ष देखिएको थिएन । लामखुट्टेलाई मार्नका लागि खोज तथा नष्टगर्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । लामखुट्टे खोज्ने र मार्ने अभियानसँगै पानी जम्ने गरी राख्न नहुने उहाँले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार