शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चन्द समूहको जिल्ला इन्चार्ज हुँ भन्दै धम्की दिने तीन जना पक्राउ
समाचार

चन्द समूहको जिल्ला इन्चार्ज हुँ भन्दै धम्की दिने तीन जना पक्राउ

विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ का २४ वर्षीय सुभम् घिमिरे छन् । तीनै जनालाई महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै