सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • चार जना गोरु काट्नेविरुद्ध मुद्दा
समाचार

चार जना गोरु काट्नेविरुद्ध मुद्दा

गाईघाट, १५ भदौ: उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।

अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताउनुभयो ।

अभियुक्तलाई शनिबार स्थानीय गाउँ नजिकैको स्थानमा गोरु काटिरहेका अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै