बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण
समाचार

बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण

ढाका, १५ भदौः बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् । आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ, “इस्लामिक स्टेट (आइए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।” स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो ।

उहाँलाई छ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए । मन्त्री इस्लाम बङ्लादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लाग्नु भएको डिएमपी कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार शनिबार राति ९.२० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । -सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार