बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • सिरियाली विद्रोहीको शिविरमा आक्रमण हुँदा ४० लडाकूको मृत्यु
समाचार

सिरियाली विद्रोहीको शिविरमा आक्रमण हुँदा ४० लडाकूको मृत्यु

बेरूत । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा कम्तीमा ४० विद्रोही लडाकूको मृत्यु भएको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ । रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै उक्त आक्रमण भएको हो ।

सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले बताउनुभयो, “स्थानीय हुरास अल–दीन, अन्सार अल–ताहिद र अन्य सहयोगी समूहले इदलीब नजिकैको तालिम शिविरभित्र भेला गरिरहेको समय उक्त आक्रमण भएको जानकारी प्राप्त भएको छ ।”

आक्रमण कसले गरेको भन्ने तत्काल थाहा हुन नसकेको र मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने थाहा भैनसकेको उक्त संस्थाले जनाएको छ । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै