शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • खोलामा डुबेर २ वर्षीय बालकको मृत्यु
समाचार

खोलामा डुबेर २ वर्षीय बालकको मृत्यु

जलेश्वर, १५ भदौः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो.उवेस नट्टका छोरा २ वर्षीय मो.ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै