बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • खोलाले बगाएर महिलाको मृत्यु
समाचार

खोलाले बगाएर महिलाको मृत्यु

बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका–७ की ५२ वर्षीया शारदा श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ । श्रेष्ठलाई घर नजिकैको ढाडेखोलाले बगाएको हा ।

जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार श्रेष्ठको शव तारुकास्थित त्रिशूली नदीमा फेला परेको हो । छिमेकीको घरमा जानका लागि खोला तर्ने क्रममा उनलाई बगाएको स्थानीयवासीले बताएका छन् ।

ककनी–७ र बेलकोटगढी नगरपालिका–१३ जोड्ने पुललाई चार वर्ष अघि भूकम्पले क्षति पुर्याएको थियो । नयाँ पुल निर्माण नहुँदा बर्सेनी दुर्घटना हुने गरेको स्थानीयवासी सम्झना सेढाइँले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार