बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • १३ वर्षीया एक बालिकालाई बलात्कारको आरोपमा निराले पक्राउ
समाचार

१३ वर्षीया एक बालिकालाई बलात्कारको आरोपमा निराले पक्राउ

सप्तरी, १४ भदौः सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निराले पक्राउ परेका छन् । पैदल घर फर्किरहेका बेला बिहीबार राति ७ बजे राजविराजको मुख्य बजारबाटै अपरहणमा परेकी बालिका बलात्कृत भएकी थिइन् ।

बालिकालाई नशालु पदार्थ मिसिएको फ्रुटी खान दिई बेहोस बनाएर राजविराजको शहीद दर्शनचोकबाट बैष्णवी काली मन्दिर नजिक रहेको कल्टुदास पोखरीको डिलमा लगेर बलात्कार गरेको आरोपित आसमानले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताउनुभयो ।

बलात्कारपछि आरोपितले बिहीबार राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिकाले रुदै घटनाबारे आमालाई बताएकी थिइन् । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, ठेगाना बताउन नसकिरहेका बेला सम्भावित व्यक्तिहरुको तस्वीर र फेसबुकबाट पीडितले पहिचान गरेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै