सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैनः मन्त्री अर्याल
समाचार

सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैनः मन्त्री अर्याल

स्याङ्जा, १४ भदौः भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ । अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो ।

स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत तथा ऋण सहकारी संस्थाको आज उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको आफ्नै विकासको लागि पनि एक आपसमा मर्ज भएर सशक्त हुन जरुरी छ भन्नुभयो । विसं २०७५ फागुन ३ गतेबाट सञ्चालनमा आएको सहकारी संस्थामा २६९ जना शेयर सदस्य रहेको कानुङ सहकारीका अध्यक्ष उमेश दर्लामीले जानकारी दिनुभयो । रु एक करोड ८२ लाख ८४ हजार शेयर पूँजी रहेको सो सहकारीको रु तीन करोड ३८ लाख ३६ हजार ५१७ कारोवार रहेको उहाँले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै