बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • शनिवारको दिन श्रीरामभक्त हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नाले पुग्छ यती धेरै फाइदा
समाचार

शनिवारको दिन श्रीरामभक्त हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नाले पुग्छ यती धेरै फाइदा

काठमाडौँ । हप्ताभरिको छुट्टी बस्ने र आराम गर्ने बारका रुपमा हेरिन्छ शनिबारलाई । आफ्ना घर परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्ने बार अर्थात सबैभन्दा रमाइलो अनि आरामदायी बार शनिबारको दिन मानिसले आआफ्नो इच्छा अनुसार यो दिनलाई प्रयोग गर्ने गर्छन् । शनिवारको दिनलाई धार्मिक तवरले हेर्दा श्रीरामभक्त पवनपुत्र हनुमानजीको पूजा र शनिदेवको आरधना गर्नको लागि सबैभन्दा शुभ दिन मानिने ज्योतिषी शिवराजरेग्मीले ओएस नेपालसँगको कुराकानीका क्रममा बताए ।

शनिवारको दिन ‘शनिदेव’को दिन भएका कारण यो दिनमा कुनै निश्चित वस्तुको खरीदबिक्री गर्नाले त्यस व्यक्तिको जीवन अनि घर–परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख छ। शनिबारको दिन कालो रङ्गको जुत्ता–चप्पल, नुन, तेल , फलामजन्य बस्तु , कालो तिल, लगायतका बस्तुहरु किन्नु अशुभ मानिन्छ ।

, शनिवारको दिन फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने भएकाले फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ मान्निछ । शनिचालिसामा उल्लेख भएअनुसार शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्नलाई पनि अशुभ मानिन्छ । त्यस्तै शनिबारको दिन नुन किन्नु भनेको ऋणको भार बोक्नु जस्तै हो । यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढेर जान्छ ।

चर्चामा

सम्बन्धित समाचार