शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • पूर्वलडाकु प्रतीक्षा सेनाको सहायक रथी बन्दै
समाचार

पूर्वलडाकु प्रतीक्षा सेनाको सहायक रथी बन्दै

काठमाडौं । पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी प्रतीक्षा नेपाली सेनाको सहायक रथी ब्रिगेडियर जनरल बन्ने निश्चित भएको छ । लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए ।

उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए । लामो राजनीतिक दबाब र सेनाभित्रको ‘चेनअफ कमाण्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायक रथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालय उच्चस्रोतले बताएयो ।

उनलाई मानर्थ सहायक रथी दिने गरी सिफारिस भएको छ । चार वर्षसम्म उनी सहायक रथी रहने र त्यसपछि पद स्वत खारेज हुनेगरी सिफरिस भएको स्रोतले बताएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै