बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • के तपाईलाई ढाड दुख्ने समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय
समाचार

के तपाईलाई ढाड दुख्ने समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय

अहिले रोग बिना नै मानिसलाई ढाड दुख्ने गर्दछ । ढाड दुख्ने नै एउटा रोग झै भएको छ । कम उमेरका ब्यक्तिमा पनि ढाड दुख्ने समस्याले सताउने गरेको पाईन्छ । तपाईं पनि कतै यस्तै रोगको सिकार त हुनुहुन्न रु यदी तपाईको पनि ढाड दुख्ने समस्या छ भने यस्तो गर्नुस् । लसुनका एन्टीसेप्टिक गुणले पीडा कम गरिदिन्छन् । एक जारमा ४०० ग्राम लसुनलाई मसिनो गरी काटेर एक लिटर काँचो सूर्यमुखी तेल हालेर भाँडोलाई मज्जाले बन्द गरिदिनुस् । यो भाँडोमा घाम पर्न नदिनुस् र दिनदिनै यसलाई हल्लाउनुस् । पछि यसलाई छानेर तेल निकाल्नुस् र दुई महीनासम्म दिनदिनै बिहान बेलुका मालिश गर्नुस् ।

मनतातो पानीमा सीधे नून हालेर नुहाउनुस् । यसले आराम दिन्छ । तावामा ज्वानोलाई हल्का भुटेर चपाईचपाई खानुस् । यसले पनि ढाड दुख्नबाट जोगाउँछ । जाडोका कारण ढाड दुखिरहेको छ भने सुकेको अञ्जीर, सुकेको खुबानी र पाँचवटा सुकेको आरुबखडा राति सुत्नुअघि चपाएर खानुस् । यसो गर्दा पनि ढाड दुख्ने समस्या केही दिनमा निको हुन्छ । एक चम्चा महमा दालचिनीको धूलो एक ग्राम हालेर बिहान बेलुका दिनमा दुईचोटि खानुस् । आराम हुन्छ ।तातो पानीले सेक्दा पनि पीडाबाट मुक्ति पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार