शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • गाई मार्ने फर्म सञ्चालक पुरी यसरि परे प्रहरीको फन्दामा
समाचार

गाई मार्ने फर्म सञ्चालक पुरी यसरि परे प्रहरीको फन्दामा

भक्तपुर । आफ्नै फर्ममा पालेको गाई मार्ने एक व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ७ वागेश्वरी महादेवस्थानमा गाई फर्म सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहेका छन् ।

उनले मादकपदार्थ सेवन गरेको अवस्थामा आफ्नै फर्ममा रहेको एउटा गाईलाई बिहीबार काठको चिर्पट र कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ ।

स्थानीयले गौहत्या गरेको भन्ने खबर गरेलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरिएको बताइएको छ । उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी पशुपक्षीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै