बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • जीप दुर्घटनामा दुई जनाको मृ,त्यु
समाचार

जीप दुर्घटनामा दुई जनाको मृ,त्यु

अछाम, १३ भदौः मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् । साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो ।

मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार