बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • घुस दिन खोज्ने चालक पक्राउ
समाचार

घुस दिन खोज्ने चालक पक्राउ

भद्रपुर, १३ भदौः झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ । घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको हो ।

पूर्वतर्फ आउँदै गरेको को१ज २५४५ नं को पिकअप गाडीमा गाईगोरु ल्याउँदै गरेका चालक तामाङले चारआली चोकमा जाँचमा खटिएका प्रहरीलाई रु पाँच सय घुस दिन खोजेका थिए । प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार