शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रविका सर्मथकलाई दुखद खबर, पुडासैनी प्रकरणमा धरौटिमा रिहा भए लगत्तै रवि बिरुद्ध अर्को मुद्धा
समाचार

रविका सर्मथकलाई दुखद खबर, पुडासैनी प्रकरणमा धरौटिमा रिहा भए लगत्तै रवि बिरुद्ध अर्को मुद्धा

काठमाडौँ । यदि तपाई टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सर्मथक, दर्शक हो भने तपाईका लागी दु्खद खबर छ । पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त ठहरिएका र उनी विरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको अवस्थामा फेरी अर्को उजुरी परेको छ ।

निर्मला पन्त बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा रहेका प्रहरी नायव उपरीक्षक डीएसपी अंगुर जिसीलाई कार्यक्रममा बोलाएर अदालतको मानहानी गरेको आरोपमा प्रस्तोता रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ ।

अदालतले निर्दोष सावित गरेका दिलिपसिंह विष्टलाई दोषी किटान गरी अदालतको मानहानी गरेको आरोपमा दिलिपका दाजू खड्क विष्टले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकष्ण अवस्थीले ओएस नेपाललाई जानकारी दिए । श्रेष्तदार अवस्थीका अनुसार अदालतको मानहानी भएको भन्ने आरोपमा जाहरी परेको र आगामी सोमवार उक्त निवेदन न्यायधीश समक्ष पेश हुने । टेलिभिजन प्रस्तोता लामिछाने गत आइतवार पाँच लाख धरौटीमा छुटेका थिए ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै