बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
समाचार

आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन प्रतितोला छापावाल सुन ७३ हजार ४ सय मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार तेजाबी सुन ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै