बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • गर्मीमा घामले डढेको छाला ठिक पार्ने यस्ता छन् घरेलु उपायहरु !
समाचार

गर्मीमा घामले डढेको छाला ठिक पार्ने यस्ता छन् घरेलु उपायहरु !

नरिबलको तेल : गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।

आलुको बोक्रा : आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ ।

घिउकुमारीको जेल : घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।

काँक्रो र कागतिको रस : काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।

बेसार र कागती : दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।

मुसुरोको दाल र दही : मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।

मुल्तानी माटो : घामले डढेको छालाको उपचारका मुल्तानी माटो निकै लाभदायी हुन्छ । यसमा नरिवल पानी या चिनी राखेर पेस्ट बनाउने र डढेको ठाउँमा लगाई चिसो पानीले धुनाले फाइदा हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार