सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • यस्ता छन् शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय
समाचार

यस्ता छन् शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय

एजेन्सी । मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ ।

डल्ला हटाउने उपायः

चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर स्याउबाट बनेको चुक अमिलोले सजिलै डल्ला हटाइदिन्छ । यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई तीन पटक घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहोर्याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ अलिक बढी पनि लाग्न सक्छ । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानिरहित डल्ला छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै