बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • तिजमा छोरी लिन गएकी आमालाई बगायो खोलाले
समाचार

तिजमा छोरी लिन गएकी आमालाई बगायो खोलाले

रामेछाप । तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी आमालाई खोलाले बगाएको छ । खोलाले बगाउनेमा ५६ वर्षीया राधिकादेवी कार्की रहेकी छन् । कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएको र घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेर परिवार खोजी कार्यमा जुटेका थिए । पछि राधिकाको शव खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार