मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
समाचार

वडा सदस्य बुढाको निधन

सिञ्जा, १३ भदौः पातारासी गाउँपालिका–४ का वडा सदस्य उदयराम बुढाको निधन भएको छ । पूर्वनेकपा माओवादीको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित ६५ वर्षीय बुढाको बुधबार आफ्नै निधन भएको हो । वडा नम्बर ४ का सामाजिक परिचालक उसा बुढाका अनुसार उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । बुढाको आज दाहसंस्कार गरिएको छ । उहाँका तीन छोरा छन् ।

वडाध्यक्ष कालिबहादुर रावतले बुढाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा पारित गरिएको जानकारी दिनुभयो । तिला गाउँपालिका–६ मा आज चट्याङबाट भूतवाडा पाटनमा २५० भेडा मरेका छन् । तिला–६ का नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिनुभयो । ट्याङ लागेर महाविर रावत घाइते भएका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै