आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • रविको सर्मथनमा जनसागर नै उर्लिएपछि रविकी पूर्व पत्नी बोलिन्, दिइन् यस्तो खरो प्रतिक्रिया
समाचार

रविको सर्मथनमा जनसागर नै उर्लिएपछि रविकी पूर्व पत्नी बोलिन्, दिइन् यस्तो खरो प्रतिक्रिया

काठमाडौँ । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेको चर्चा कार्यक्रम सिधा कुराले नै उत्कर्षमा पुर्याएको थियो । चर्चाको शिखरमा रहेका उनी शालीकराम प्रकरणमा मुछिएपछि उनको चर्चा झनै बढ्यो । संचारमाध्यममा रवि मात्रै एकोहोरो रुपमा छाइरहे । प्रहरीले आत्महत्या दुरुत्साहानको अभियोगमा उनलाई समाचार कक्षबाट नै नियन्त्रणमा लिएपछि उनका हजारौँको संख्यामा रहेका सर्मथकहरु सडकमा नै उत्रिए ।

जसका कारण प्रहरीलाई उनका सर्मथकहरुलाई संहाल्न नै धौ धौ बन्यो । ११ दिन लामो हिरासत बसाईपछि निस्किएका रविलाई चितवनको नारायणी नदि किनारामा त दर्शकले भगवान्कै दर्जा दिए । एकजना बृद्ध बाले रविलाई झम्टेर रोएको भिडियो भाइरल बनिरहेको छ । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटे लगत्तै दिएको अभिब्यक्तिपछि उनी झनै समाचारमा छाए ।

यि सबै दृश्य नियालीरहेकी रविकी पूर्व पत्नी ईशा लामिछानेले पनि अहिले आएर मुख फोरेकी छिन् । इशाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्– ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई हिरासतबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेपनि इशासँग रविका २ छोरीहरु रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै