सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • यूएईमा भतिज कुमारको मृत्यु भएको खबर सुनेपछि काकाको पनि गयो ज्यान, होसमा छैनन् श्रीमती
समाचार

यूएईमा भतिज कुमारको मृत्यु भएको खबर सुनेपछि काकाको पनि गयो ज्यान, होसमा छैनन् श्रीमती

काठमाडौँ । वैदेशिक रोजगारीको शिलशिलामा यूएई पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायत रहेका छन् ।

आबुधाबी स्थित सेक्युरिटी मिडिल ईस्ट कम्पनीमा कार्यरत उनीकरिब डेढ महिना अघि व्यायाम गर्ने क्रममा अचानक बेहोस भएर लडेपछि अस्पतालमा भर्ना भएको भतिजले संसार छोडेको खबर सुनेपछि घरमा रहेका उनका काका ५१ वर्षीय रेन्द्रबहादुर कठायतको समेत हृदयघातका कारण ज्यान गएको बताइएको छ ।

शरीरमा रगत जमेको र एउटा मृगौलाले काम गर्न छोडेपछि अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ केदारको घरमा श्रीमती समेत अचेत अवस्थामा रहेको बताइएको छ ।केदार यूएईमा सेक्युरिटीको काम गर्दै आएका थिए । उनको परिवारमा बुवा आमासहित श्रीमती र दुई छोरा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार