बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • रेल्वे स्टेशनमा गीत गाएर जिन्दगी बिताएकी रानुलाई सलमानले दिए ५५ लाखको घर उपहार
समाचार

रेल्वे स्टेशनमा गीत गाएर जिन्दगी बिताएकी रानुलाई सलमानले दिए ५५ लाखको घर उपहार

एजेन्सी । रेल्वे स्टेशनमा गीत गाएर चर्चित बनेकी रानु मण्डलको दिनमात्रै होइन जिन्दगी नै फेरिएको छ । रेल्वे स्टेशनमा गीत गाएको भिडियो खिचेर युट्युवमा अपलोड भए लगत्तै उनलाई गायक हिमेश रेशमियाले आफ्नो फिल्ममा गाउने मौका दिए भने वर्षौदेखि हराएकी उनकी छोरीसँग भाग्यले भेट मात्रै गारइदिएर उनका लागी बासको समेत ब्यबस्था भएको छ ।

पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवनमा एकपछि अर्को गर्दै परिवर्तन आइरहेका बेला सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट दिएका छन् । जसका कारण सडकमा नै जिन्दगी बिताइसकेकी रानुको जिन्दगी नै फेरिएको समाचार भारतीय समाचार माध्यमहरुले प्रकाशित गरेका छन् ।

यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानुले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार