बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कोन्टेलाई आग्रह
समाचार

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा कोन्टेलाई आग्रह

रोम, १२ भदौः इटालीमा नयाँ मन्त्रीमण्डल गठनका लागि प्रधानमन्त्री जिसेपी कोन्टेलाई औपचारिक बाटो खुला भएको छ । इटालीका राष्ट्रपति सर्जेओ मटारेलाले बिहीबार प्रधानमन्त्री कोन्टेलाई नयाँ मन्त्रीमण्डल गठन गर्न औपचारिक रूपमा आग्रह गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि उहाँलाई बाटो खुलेको हो ।

सन् २०१८ को जुन १ मा इटालीको प्रधानमन्त्री बन्नुभएका कोन्टेविरूद्ध आफ्नै मन्त्रीमण्डलमा उप–प्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका मटेओ साल्भिनीको नेतृत्वमा संसदमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।

कोन्टेले सरकार टिकाउनका लागी आवश्यक बहुमत पुर्याउन असम्भव देखेपछि मतदानपूर्व नै गत अगस्ट २० मा राजिनामाको घोषणा गर्नुभएको थियो । त्यसपछि उहाँले काम चलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार