सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • मालपोतका कर्मचारी घुस लिएको आरोपमा प,क्राउ
समाचार

मालपोतका कर्मचारी घुस लिएको आरोपमा प,क्राउ

रुपन्देही, १२ भदौ : मालपोत कार्यालय बुटवलका एक कर्मचारी र एक जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आज पक्राउ गरिएको छ । खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख बीस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै