मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • कारको ठक्करबाट युवतीको मृ*त्यु
समाचार

कारको ठक्करबाट युवतीको मृ*त्यु

दमौली, १२ भदौः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाडाँैतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उहाँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै