बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • उकालो लाग्दै आएको सुनको मूल्य आज स्थिर, चाँदीमा सामान्य वृद्धि
समाचार

उकालो लाग्दै आएको सुनको मूल्य आज स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ, ११ भदौः धितोपत्र बजार ओरालो लागिरहँदा स्थानीय बजारमा निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज भने स्थिर रहेको छ । छापावाला प्रतितोला रु ७२ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।

स्थानीय बजारमा तेजाबी सुन प्रतितोला रु ७२ हजार ३०० मा कारोवार भइरहेको छ । सुनको भाउ स्थिर देखिए पनि चाँदीको मूल्य भने बढेको छ । मङ्गलबारको तुलनामा चाँदीमा प्रतितोला रु २० ले वृद्धि भएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु ८८० मा खरिदबिक्री भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै