बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्का
समाचार

लिबियामा डुङ्गा दुर्घटना, कम्तीमा ४० को मृत्यु भएको आशङ्का

जेनेभाः लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराउनुभएको हो । यस बिषयमा विस्तृत विवरण आउन बाँकी छ । चार्लीले भन्नुभयो, “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गाराइने छ ।” –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार