सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • श्रीमान्लाई विष खुवाई ह*त्या गरेको अभियोगमा श्रीमतीसहित तीन जना कारागार चलान
समाचार

श्रीमान्लाई विष खुवाई ह*त्या गरेको अभियोगमा श्रीमतीसहित तीन जना कारागार चलान

भोजपुर, ११ भदौः श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार