सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • मिर्गौला पीडित उर्मिला तामाङलाई २१ लाख सहयोग
समाचार

मिर्गौला पीडित उर्मिला तामाङलाई २१ लाख सहयोग

भक्तपुरः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आउनुभएकी मिर्गौला पीडित उर्मिला तामाङको उपचारका लागि रु २१ लाख ८२ हजार सङ्कलन भएको छ ।

‘छोर्वाला काई रेडियो गेताङ’ले दुई वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गराइरहनुभएकी तामाङको सहयोगार्थ विभिन्न कार्यक्रमबाट सङ्कलन भएको सो रकम आज हस्तान्तरण गरिएको हो ।

रामेछापको दोरम्बा गाउँपालिका–७ की ३५ वर्षीया तामाङलाई रकम प्रदान गरिएको अभियानका संयोजक सुदिन दोङले जानकारी दिनुभयो । पीडित तामाङलाई उहाँका श्रीमान्ले मिर्गाैला दान गर्ने तामाङ चलचित्र सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार