मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ
समाचार

भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ

काठमाडौँः नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई आज दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

प्रहरीले सोदेम्बासँग ज्याकेटको खल्तीमा लुकाएर ल्याएको १७ ग्राम पित्तसमेत बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै