मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • विद्यालयबाट फर्कदै गर्दा बालक खोलामा बेपत्ता
समाचार

विद्यालयबाट फर्कदै गर्दा बालक खोलामा बेपत्ता

बेत्रावती, १० भदौः नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।

विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहुँदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुदैँ आएको स्थानीय भीमबहादुर घलेले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै