शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध
समाचार

टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

मान्म, १० भदौः तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।” (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै