मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • फ्रान्सकी प्रथम महिलाबारे ब्राजिलियाली राष्ट्रपति बोल्सोनाराको भनाई ‘अभद्र’ – राष्ट्रपति म्याक्रोँ
समाचार

फ्रान्सकी प्रथम महिलाबारे ब्राजिलियाली राष्ट्रपति बोल्सोनाराको भनाई ‘अभद्र’ – राष्ट्रपति म्याक्रोँ

फ्रान्स, १० भदौः फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले प्रथम महिला ब्रिगिटीबारे ब्राजिलका राष्ट्रपतिले गरेको टिप्पणी ‘असाधारणरूपमा अभद्र’ भएको प्रतिक्रिया दिनुभएको छ ।

“ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले फ्रान्सका प्रथम महिला, मेरी पत्नी ब्रिगिटीबारे केही ‘असाधारण तथा अभद्र’ टिप्पणी गर्नुभएको छ,” राष्ट्रपति म्याक्रोँले पत्रकारसँग आक्रोश व्यक्त गर्नुभएको छ ।

बिआरिट्समा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोँलाई ब्राजिलियाली सरकारद्वारा ब्रिगिटीबारे गरेको पछिल्लो टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मैले के भन्नसक्छु । यो दुःखद छ । यो पहिले उहाँ (बोल्सोनारो) र ब्राजिलियाली जनताका लागि नै दुःखद कुरा हो ।” गत हप्ताको अन्त्यतिर ब्राजिलका राष्ट्रपतिले एक प्रसङ्गमा आफ्नी पत्नीजति असल ब्रिगेटी नभएको भनाइ फ्रान्समा निकै आलोचित बनेको थियो । (रासस/एएफपी)

चर्चामा

सम्बन्धित समाचार